राजनीतिक अस्थिरताको खेल पुनः सुरु हुने ओली दावी


दमक – नेकपा (एमाले) का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  राजनीतिक अस्थिरताको खेल पुनः सुरु हुने दावी गरेका छन् । उनले सरकार गठन प्रक्रियामा भएको फोहोरी खेल अब सुरुवातदेखि नै हुनसक्ने बताएका हुन् ।

विहीबार झापाको क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको निर्वाचित प्रमाणपत्र लिनु भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले सो कुरा बताए । ‘निर्वाचन परिणाम हेर्दा अब दल तथा सांसदहरुको मोलमोलाइ सुरु हुने संकेत देखिएको छ’ उनले भने ।

अब नयाँ सरकार बन्न नै धेरै समय लाग्न सक्छ भन्दै अध्यक्ष ओलीले निर्वाचन परिणामले मुलुकमा स्थिरता कायम नहुने र सत्ताको लागि मोलमोलाइ सुरु हुने बताएका छन् । निर्वाचन परिणामको ट्रेन्डले मुलुकमा राजनीतिक स्थिरता हुने संकेत नदेखिएको उनको भनाइ छ ।

झापा ५ प्रतिनिधि सभा सदस्यमा ओली, प्रदेश सभा ५(क) मा हिक्मतकुमार कार्की र ५ (ख) मा होमबहादुर थापा विजय बनेका छन् । ओली विहीबारदेखि नै आफ्नो निर्वाचन क्षेत्रमा विजय जुलसमा सहभागी बनेका छन् ।

प्रतिक्रिया