एक साताभित्र राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान
काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छिन्।
आइतबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले ७६ को उपधारा (२) बमोजिम ७ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेकी हुन्।
संविधानको उक्त व्यवस्थाअनुसार प्रतिनिधिसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्नेछ।