प्रचण्डले लिए प्रधानमन्त्रीको शपथ, पहिलोपटक राष्ट्रिय पोशाक उपस्थित
काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
उनले ईश्वरका नाममा नभएर जनताका नाममा सपथ लिएका छन् । सपथलगत्तै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पद हस्तान्तरण गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघिका दुई पटक दौरा सुरुवालसहितको राष्ट्रिय पोशाक नलगाए पनि यसपटक भने सेतो दौरा सुरुवालमा खैरो कोट र कालो टोपी लगाएका छन् ।