गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त


पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ३३ सांसदको समर्थन प्राप्त नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कास्की क्षेत्र १ को क बाट चुनाव जितेका खगराजले प्रदेश प्रमुखले दिएको अन्तिम समयमा दुई दलको समर्थनसहित दाबी पेश गरेका थिए । उनले एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र सांसद दिपक मनाङेको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी केन्द्रका ८ राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ गरी ३३ जना सांसदको समर्थनमा खगराजले मुख्यमन्त्रीको दाबी पेश गरेका हुन्। सांसद मनाङे केही समयअघिमात्र एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया