राष्ट्रपति र सभामुख निर्वाचनबारे छलफलका लागि देउवा-नेपालबीच भेटवार्ता


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

नेता नेपाल देउवालाई भेट्न देउवा धुम्बाराही पुगेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।

देउवा नेतृत्वको गठबन्धन टुटेपछि नेपाल उनलाई भेट्न धुम्बाराही पुगेका थिए। दुई नेताबीच प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएपछि शक्ति बाँडफाँटका विषयमा पनि छलफल भएको छ।

अब हुने राष्ट्रपति निर्वाचन र सभामुख निर्वाचनका विषयमा पनि दुई नेताबीच छलफल भएको छ।

प्रतिक्रिया