बालुवाटारमा सर्वदलीय बैठक सुरू

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत दिने दलहरूलाई बैठकमा बोलाएका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का सहभागी छन्। त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि बैठकमा सहभागी छन्।

बैठकमा सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रतिको निर्वाचनका विषयमा छलफल हुने बताइएको छ। माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *