आजको माैसम : नयाँ मौसमी प्रणाली बन्दै, पुनः वर्षा र बदलीको सम्भावना


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले आजदेखि फेरि वर्षा र बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यद्यपी अघिल्लो हप्ता लगातार भईरहेको वर्षा र बदली हटे पनि फेरि नयाँ मौसमी प्रणाली भित्रिन लागेको महाशाखाले बताएका छन् । हाल सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भेगमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै गण्डकी र कर्णाली प्रदेश लगायतका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अबको तीन दिनसम्मै पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया