आठ देशका लागि राजदूत सिफारिस


काठमाडौं – सरकारले आठ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो ।

पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी भारतको लागि राजदूत सिफारिस भएका छन् । रेग्मीलाई यसअघि २०७७ मा तत्कालीन केपी शर्मा ओलीको सरकारले बेलायतका लागि राजदूत बनाएर पठाएको थियो ।

त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, सुशील प्याकुरेल दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्कका लागि राजदूत सिफारिस भएका छन् । डा विजय पन्त बेलायतका लागि सिफारिस भएका छन् । त्यसैगरी पुष्पराज रन्जितकार स्पेन, नेत्रप्रसाद तिमल्सिना मलेसिया र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत सिफारिस  भएका छन् ।

सिफारिस भएका आठ मध्ये पाँच एमाले, एक माओवादी केन्द्र र दुई जसपाको कोटाका हुन् । उनीहरूको संसदीय सुनुवाइपछि नियुक्ति हुनेछ ।

प्रतिक्रिया