राहत र उद्धारमा लाग्ने बेलामा सरकार परिवर्तनमा लाग्नु दुःखद : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिराेले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवम् उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम सभाबाट विश्वासकाे प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुअघि याे कुरा बताएका हुन् ।