प्रधानमन्त्री प्रचण्डले मागे विश्वासकाे मत


काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरे हो ।

प्रधानमन्त्रीको प्रस्तावमाथि अहिले दलीय आधारमा सांसदहरूले धारणा राख्ने क्रम चलिरहेको छ । प्रस्तावमा छलफलका लागि सभामुख देवराज घिमिरेले दुई घण्टा समय छुट्याइएको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो । १८ महिनाअघि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले यही कार्यकालमा विश्वासकाे मत माग्नुभएको यो पाँचौँपटक हो । यस पटक उहाँले विश्वासकाे मत पाउने सम्भावना छैन । एमाले र कांग्रेसले मिलेर नयाँ सरकार बनाउने सहमति गरिसकेका छन् ।

प्रतिक्रिया