कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यसै साता कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित हुने भएको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षाफल बोर्डको क्यालेन्डर अनुसार नै प्रकाशित हुने बताएका हुन् ।

उनले भने, ‘क्यालेन्डरअनुसार नतिजा प्रकाशित गर्ने तयारीमा छौँ । बाेर्डको क्यालेन्डरमा साउन तेस्रो साता परीक्षाफल प्रकाशित हुने व्यवस्था छ ।’

वैशाख १४ गतेदेखि भएको परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । ग्रेडवृद्धितर्फका १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया