कक्षा १२ को नतिजा आजै प्रकाशन गर्दै परीक्षा बोर्ड


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अनुसार नतिजा प्रकाशनको लागि बैठक बोलाइएको छ । अहिले बिहान १० बजे बस्ने बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेमा मात्रै नतिजा प्रकाशन हुनेछ ।

बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार यसै हप्ता १२ कक्षाको परीक्षाफल प्रकाशन गर्ने लक्ष्य रहेको बताए । उनले भने, ‘नतिजा प्रकाशनसम्बन्धी अन्तिम कामको तयारी हुँदैछ । प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना छ ।’

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । ग्रेडवृद्धितर्फका १ लाख ६ सय ५० विद्यार्थी सहभागी भएका थिए ।

गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् ।

प्रतिक्रिया