बाग्लुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु


बाग्लुङ – बाग्लुङमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बाग्लुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा भएको जीप दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको हो ।

बाग्लुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार गलकोटतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन ।

दुर्घटनामा एक पुरुष घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ । घाइतेलाई उद्धार गरी बाग्लुङ अस्पताल पठाइएको छ ।

प्रतिक्रिया