लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली, देशभर चिसो बढ्यो
काठमाडाैं – काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दो छ। आज (शुक्रबार) बिहान ५ः४५ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अरु ठाउँमा भने मौसमी प्रणालीको प्रभाव रहेको छैन ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बदली रहनेछ । राति सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
