आजको मौसम : तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, सामान्यत सफा


काठमाडाैं – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यस्तै हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया