आजको मौसम : मुख्यतया सफा, दिउँसोपछि हावाहुरीको सम्भावना


काठमाडाैं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । विशेषगरी पश्चिमी क्षेत्रका केही ठाउँमा हुरीबतास चल्न सक्ने सम्भावना देखिएको हो ।

यस्तै आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ । एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडाैं उपत्यकामा पनि सामान्य हावाहुरी चल्न सक्ने  सम्भावना छ । यस्तै काठमाडाैं उपत्यकामा तापक्रम ३०/३१ डिग्री सेल्सियससम्म रहने र तल्लो वायुमण्डलमा तातो र ओसिलो हावाबीचको सम्मिश्रणका कारण हावाहुरीको जोखिम देखिन्छ ।

हाल प्रि-मनसुनको समय रहेकोले यस अवधिमा यस्ता गतिविधि हुन्छन् । यो बेला मेघगर्जनसहित पानी पर्ने, चट्याङ पर्ने, हावाहुरी चल्ने हुन्छ ।

प्रतिक्रिया