बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना


काठमाडाैं – अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहेको मौसमविदले जनाएका छन् । देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज पाँच वटा प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्कादेखि छिटपुट पानी पर्न सक्ने तर ठूलो पानी नपर्ने मौसमविद् गोविन्द झाले बताए ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । तराई मधेसमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज बिहान काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया