मुस्ताङबाट कांग्रेसका योगेश गौचन निर्वाचित

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन विजयी भएका छन् ।  गौचनले एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै जित निकालेका हुन् ।

निर्वाचनको अन्तिम मत परिणामअनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत ल्याएका छन् । गौचनले विष्टलाई १ हजार ५ सय १ मतान्तरले हराउँदै स्पष्ट जित हात पारेका हुन् ।

गौचन यसअघि पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाटै निर्वाचित भएका थिए । त्यसबेला उनले ३ हजार ९ सय ९६ मत ल्याउँदा एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *