कांग्रेस संसदीय दलको बैठक आज


काठमाडाैं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज(आइतबार) बस्दै छ ।

नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

प्रतिक्रिया