कांग्रेस केन्द्रीय कार्यसमितिमा थप १० महिला सदस्य मनोनित

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमितिमा थप १० सदस्य मनोनित गरेका छन्। पार्टीको विधान अनुसार सभापति देउवाले मंगलबार थप १० जनालाई केन्द्रीय समितिमा मनोनित गरेका हुन्।

मनोनित हुनेहरुमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धदिङ), रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही ( रुपन्देही), लक्ष्मी खतिवडा ( सुनसरी), सीता देवकोटा (नवलपुर) रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *