कांग्रेस नेता देउवाको यस पटक नो भोट

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले यसपालि प्रतिनिधि सभा चुनावमा मतदान नगर्ने पक्का भएको छ ।

स्वास्थ्य उपचार गर्न अघिल्लो हप्ता सिंगापुर गएका देउवा स्वदेश नफर्किएपछि मतदान नगर्ने पक्का भएको हो ।

देउवा स्वदेश नफर्किएको काँग्रेस डडेलधुरा जिल्ला सभापति भीमबहादुर साउदले बताए । देउवाले २०४८ देखि २०७९ सम्म सात पटक चुनाव जितेका थिए ।

विशेष महाधिवेशन गरेर गगन थापा काँग्रेस सभापति बनेपछि उनी असन्तुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *