जाजरकोटमा मिनिट्रक दुर्घटना : दुईको मृत्यु, एक जना बेपत्ता


जाजरकोट – सुर्खेतबाट जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनि ट्रक गए राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना बेपत्ता छन् ।

१० जना यात्रु सवार उक्त मिनिट्रकमा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एक शव र एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइतेहरुमा आसिका खड्का, करिस्मा रावत, जुनिचाँदेका दिपकबहादुर शाही,धनबहादुर रावत , नवीन सिंह, निराजन खड्का घाइते भएका छन् । घाइते धनबहादुर चालक रहेका छन् ।

प्रतिक्रिया