मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनेछन् ।

आज प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको पाँचौ बैठक बस्दैछ । राई गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया