सुुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै


धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । आज ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

संघमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले लगायतका दलबीच नयाँ गठबन्धनसहितको सरकार बनेपछि सुदूरपश्चिममा पनि त्यसको असर परेको हो । सुदूरपश्चिम सरकारबाट नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।

समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानमा व्यवस्था छ । नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात, राप्रपाका एक र एक स्वतन्त्र दलको समर्थन जुटाएर विश्वासको मत पाउने दाउमा मुख्यमन्त्री रहेका छन् ।

तर, विवादका कारण हाल नाउपा दुई भागमा विभाजन भएकाले मत पनि विभाजित हुने देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारकै विषयलाई लिएर पार्टीभित्र मत विभाजित भएको हो ।

प्रतिक्रिया