दाङमा बस दुर्घटना, २० जना घाइते


दाङ – छुट्टाछुट्टै बस दुर्घटनामा परी दाङमा आइतबार २० जना घाइते भएका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ५१३१ नम्बरको बस आइतबार अपराह्न तुलसीपुर उपमहानगरपालिका ७ हात्तीखौवामा बस पल्टिँदा चालक र सहचालकसहित १८ जना घाइते भएका छन् ।

यात्रुवाहक बस एक्कासी अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको उनले जानकारी दिए ।

यसैगरी तुलसीपुरबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ८९२० नम्बरको यात्रुवाहक बस आइतबार दिउँसो घोराही उपमहानगरपालिका ३ मसोटमा पल्टिँदा दुई जना घाइते भएका छन् ।

घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । बस अनियन्त्रित भई पल्टिएको र चालक फरार रहेको डिएसपी गौतमले बताए ।

प्रतिक्रिया