कोशीका ६ क्षेत्रमा श्रम संस्कृतिको अग्रता, हर्क भने पछाडी

काठमाडौं – धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मत परिणाममा कोशी प्रदेशका ६ क्षेत्रमा अग्रता लिएको छ।

बिहीबार भएको निर्वाचनको मतगणनाअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हालसम्म ६ स्थानमा अग्रता बनाएका छन् । यद्यपि पार्टीका अध्यक्ष साम्पाङ भने सुनसरी क्षेत्र नम्बर १ मा पछि परेका छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङसँग साम्पाङ करिब ७ सय मतले पछि रहेका छन् । हालसम्म तामाङले १ हजार ०१५ मत ल्याएकी छन् भने साम्पाङले ३०३ मत ल्याएका छन् ।

प्रारम्भिक मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवारहरू निम्न क्षेत्रमा अगाडि रहेका छन्:

ध्रुबराज राई – भोजपुर (४६७ मतसहित अग्रता)
हस्तराज शेर्मा – पाँचथर (६५६ मतसहित अग्रता)
सुदीप राई – इलाम–२ (१,५०४ मतसहित अग्रता)
एरेन राई – खोटाङ (३९५ मतसहित अग्रता)
बलराज राई – उदयपुर–२ (४९८ मतसहित अग्रता)
सनबहादुर राई- धनकुटा (३२३७ मतसहित अग्रता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *