हुट हटाउने विषयको विरोध, सोलुमा जीप सञ्चालन ठप्प

सोलुखुम्बु -हिमाली जिल्ला सोलुखुम्बुबाट दैनिक रुपमा काठमाडौंका लागि छुट्ने जीपहरु आज(आइतबार) सञ्चाचलन भएको छैन। सुमो जीपको हुट हटाउने विषयमा असहमती जनाउँदै यातयात व्यवसायीहरुले लामो दुरीको सुमो जीप सञ्चालन ठप्प पारेका हुन्।

आज जिल्लाबाट काठमाडौंसहितका क्षेत्रमा कुनै पनि सुमो छुट्न नसकेको यातयात व्यवसायी दोर्जी शेर्पाले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले केन्द्रीय सर्कुलर अनुसमार दुर्घटनाको जोखिम बढेको भन्दै हुट हटाउन ताकेता गरेपछि यातायात व्यवसायीले यस्तो निर्णय गरेका हुन्।

व्यवसायीहरुले शनिबार यस विषयमा छलफल गरेर यातयात सञ्चालन बन्द गरेका हुन्। सोलुखुम्बुबाट छुटने सुमोले यात्रुका सामान, लगेज, आलु लगायतका सामाग्रीहरु बोक्नुपर्ने भएकाले हुट हटाउन नसकिने व्यवसायीको अडान छ। साथै उनीहरुले जिल्ला प्राशासन कार्यालयमा हुट हटाउन नसकिने बेहोरा जानकारी गराई सहजीकरण गरिदिन समेत आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *