सप्तकोशीले खतराको तह पार, ब्यारेजका ५६ वटै ढोका खुला


काठमाडौं – सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो ।

सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ । सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।

प्रतिक्रिया