च्याउ खाँदा एकै परिवारका ३ जनाको अवस्था गम्भीर

विराटनगर – बारीमा उम्रिएको च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका-७ जनप्रीय चोकमा सोमबार एकै परिवारका ३ जना गम्भीर बिरामी परेका छन्।

तरकारी बनाएर च्याउ खाएको केहीबेरमा ७० वर्षीय सन्तमान लिम्बू, छोरा ४० वर्षीय भीमबहादुर लिम्बू र बुहारी ३२ वर्षीया टंकरानी लिम्बू बिरामी परेका हुन्। लिम्बू परिवारले आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *