प्रदेश नामकरणको विरोधमा मन्त्रीको घरमा तोडफोड


काठमाडौं – प्रदेश-१ को नाम ‘कोशी’ राखेको विरोधमा आन्दोलनरत पहिचान पक्षधर समूहले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको घरमा तोडफोड गरेको छ ।

आन्दोलनरत समूहले आज बिहान राजभण्डारीको काठमाडौंमा रहेको घरभित्र पसेर तोडफोड गर्नुको साथै घरको कम्पाउन्डमा कालो झण्डा राखेका नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए ।

राजभण्डारी एमालेबाट सोलुखुम्बु प्रदेश सभा (ख) मा विजयी भएका हुन् । अध्यक्ष बास्तोलाले विज्ञप्ति निकालेर जनप्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै निन्दा गर्दै कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया