राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख, सामान्य हिँड्डुल गर्न सक्ने


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

पौडेल हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा भर्ना भई उपचाररत छन् । उनी यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भएपनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहेकाे खबर साथमा रहेका परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया