राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल भोलिसम्म डीस्चार्ज हुनसक्ने नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको भन्दै भोलिसम्म डिस्चार्ज हुनसक्ने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

छातीको तल्लो भागमा समस्या आएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि दिल्ली लगिएको थियो। त्यसअघि उनलाई महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया