मोरङमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


विराटनगर – पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङमा बसको ठक्करबाट मंगलबार दिउँसो साइकलयात्रीको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३५४९ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्री पथरीशनिश्चरे-२ का ५० वर्षीय यज्ञ थापाको मृत्यु भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार यात्रुवाहक बसले दिउँसो ३:५० बजेतिर थापालाई ठक्कर दिएको थियो।

थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बस र चालक झापाको बिर्तामोड नगरपालिका-२ का ४६ वर्षीय प्रकाश पाठकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए।

प्रतिक्रिया