तीन दलका शीर्ष नेताहरु दोस्रो चरणको छलफलमा


काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताहरुको दोस्रो चरणको बैठक फेरि सुरु भएको छ । संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरुबीच बैठक बसेको हो ।

सभामुख घिमिरेको अग्रसरतामा संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा प्रमुख तीन दलका शीर्ष नेता, प्रमुख सचेतक र सचेतकहरू सहभागी छन् । बैठकमा सुन तस्करी प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनाउने एमालेको अडानबारे छलफल भइरहेको छ ।

एमालेले सुन तस्करीबारे अनुसन्धानका छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायम छ । एमालेकै अडानकै पछिल्लो दुई सातायता संसद बैठक बस्न सकेको छैन । सोमबार बसेको राष्ट्रियसभा बैठकमा एमालेको अवरोधका कारण साउन २४ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको थियो ।

प्रतिक्रिया