प्रदेश स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा
सुर्खेत – कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।