सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री थापा


मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार (भदौं ४ गते) विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी आज प्रदेश सभा नयाँ सूचना दर्ता गराएका छन् ।

गठबन्धन दलका तर्फबाट थापा दोस्रोपटक साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलो पटक सभामुख समेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

प्रदेश सभा सचिवालयले विश्वास मत लिने सम्बन्धमा सूचना दर्ता भएको जानकारी दिएको छ । संवैधानिक व्यवस्थाअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापाले ३० दिनभित्र अर्थात् भदौ १४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।

आफूले ३ गते समय मागेको तर विश्वास मतको समय तोक्ने अधिकार सभामुख वा उपसभामुखको भए बमोजिम भदौ ४ गते सोमबारलाई तय गरिएको मुख्यमन्त्री थापाले बताए ।

प्रतिक्रिया