जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प, काठमाडौं र दिल्लीमासमेत धक्का


काठमाडौं – जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । शनिबार राति ११ बजेर ४७ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले  जनाएको हो ।

काठमाडौंसहित देशको पश्चिम क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । कर्णाली र सुदूरपश्चिम क्षेत्रमा यसको धक्का बढी महसुस गरिएको छ । कर्णालीका दैलेख र जाजरकोट जिल्लामा केही घर चर्काएको प्रारम्भिक विवरण प्राप्त भएका छन् ।

भारतको राष्ट्रिय भूगर्भ केन्द्रले ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको र त्यसको केन्द्र नेपालमै रहेको जनाएको छ । यसका असर भने भारत र चीनमा पनि देखिएको जनाइएको छ । जाजरकोट, रूकुम पश्चिम र दैलेखमा घरहरू भत्काएको प्रारम्भिक विवरण प्राप्त भएका छन् ।

प्रतिक्रिया