भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाले ज्यान गुमाए

जाजरकोटमा ९२ जनाको मृत्यु


काठमाडौं – जाजरकोट केन्द्रबिन्दु भएर गएरातिको गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा हालसम्म एक सय २८ जनाले ज्यान गुमाएका छन् । भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएको विवरण प्राप्त भएको छ ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।

यस्तै, रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । भूकम्पका कारण रोल्पामा एक जना घाइते भएका छन् ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया