आश्रममा आगलागी हुँदा २५ लाखको क्षति


सोलुखुम्बु – सोलुखुम्बुको एक आश्रममा आगलागी हुँदा २५ लाखको क्षति भएको छ । सोलु दुधकुण्ड नगरपालिका-११ पत्तालेस्थित गौरीटाप मन्दिरको बाबाजी बस्नको लागि बनाएको आश्रम घरमा विद्युत तार सर्ट भएर आगो लागेको हो ।

शनिबार साँझ भएको आगलागीबाट आश्रममा रहेको भाँडवर्तन, काठपात, लत्ताकपडा जलेर करिब २५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया