प्रधानमन्त्री भन्छन्-रुसी सेनामा २ सय नेपाली रहेको तथ्यांक छ


काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा २ सय जना नेपाली भएको औपचारिक जानकारी आएको बताएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको बताएका हुन् ।

बैठकमा उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुस पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको बताए । साथै अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको समेत बताए ।

बैठकमा प्रचण्डले हमासकाे आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रिया भइरहेको बताए।

यस्तै प्रचण्डले एनसेलकाे शेयर खरिद–बिक्री प्रकरणलाई लिएर गलत व्याख्या र प्रचार गरिएकोमा असन्तुष्टिसमेत जनाए ।

प्रतिक्रिया