लागूपदार्थ चरेससहित बझाङबाट एम्बुलेन्स चालक पक्राउ


बझाङ – बझाङमा स्वास्थ्य चौकीका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका छन् । जिल्लाको रायल प्राथमिक स्वास्थ्य चौकी देउराका एम्बुलेन्स चालक चरेससहित पक्राउ परेका हुन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-४ पुरानो यातायात कार्यालय नजिकबाट चरेससहित एम्बुलेन्ससहित चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर-३ दाप्रु बस्ने ३७ वर्षीय रामबहादुर खाती सुदूरपश्चिम प्रदेश ०१००१ झ ०५४२ नम्बरकाे एम्बुलेन्ससहित पक्राउ परेका हुन् ।

खातीकाे साथबाट २ किलो ८ सय ग्राम चरेस फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया