पाँचथरमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु, सासु र छिमेकी घाइते


पाँचथर – पाँचथरमा श्रीमानले खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा-४ मा रहेको घरबाट ससुराली पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुमित कुशवाहले जानकारी दिए ।

खुकुरी प्रहारबाट गोमाको मृत्यु भएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते भएकी छन् । घाइते उनीहरुलाई उपचारका लागि दमक पठाइएको वडाध्यक्ष जीवनहाङ फियाकले बताए । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए ।

श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया