त्रिविको उपकुलपतिमा भुसाल थप ३ महिनाका लागि नियुक्त


काठमाडौं – सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्राडा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन महिना विश्वविद्यालयको जिम्मेवारी दिनेगरी उपकुलपतिमा नियुक्त गरेका हुन् ।

१६ कात्तिकमा तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ कात्तिकमा तत्कालीन शिक्षाध्यक्ष प्राडा भुसाललाई तीन महिनाका लागि उपकुलपतिमा नियुक्त गरेको थियो ।

थप तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएको निमित्त शिक्षाध्यक्ष प्रा भार्गव धितालले बताए । उनको तीन महिने कार्यकाल सकिन एक दिन मात्रै बाँकी थियो ।

सरकारले नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । नयाँ उपकुलपति नियुक्ति हुन समय लाग्ने देखिएको छ । त्यसका लागि ४३ जनाले आवेदन दिएका छन् ।

अहिले आवेदनकर्ताहरूको मूल्यांकनको कार्य भइरहेको छ । उपकुलपति छनोट तथा सिफारिसको लागि सरकारले सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया