त्रिविको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त


काठमाडाैं – त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाल नियुक्त भएका छन । त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो उनीहरुलाई नियुक्त गरेका हुन् ।

केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुन्र भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । उनीहरुलाई चैत १५ गते नै उपकुलपति प्राध्यापक केशरजंग बरालले नियुक्तिको लागि सिफारिस गरेका थिए ।

सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो । चौतर्फी दबाब र उपकुलपति बरालको अडानपछि कुलपति दाहालले दुवै जनालाई नियुक्त गरेका हुन् ।

प्रतिक्रिया