कर्णालीमा हाम फालेर बेपत्ता भएका शाहीको शव फेला


कैलाली – कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवकको शव भेटिएको छ।

जिल्लाको लम्कीचुहा-३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही सोमबार कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए ।

चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) टीकापुरको सन्कट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कर्णाली नदीमा हाम फालेका १७ जना मध्ये शाही बेपत्ता भएका थिए ।

प्रतिक्रिया