बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजार एक सयले बढ्यो


काठमाडौं – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार नौ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार पाँच सय १० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया