हङकङलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौं – एसीसी पुरुष प्रिमियर कप टि-ट्वान्टी क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा बलियो प्रतिस्पर्धी मानिएको हङकङमाथि नेपालले ८ विकेटको सहज जीत दर्ता गर्‍यो ।

हङकङलाई हराउन नेपालले बलिङ, ब्याटिङ र क्षेत्ररक्षण तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको थियो । हङ्कङविरुद्ध जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो ।

यससँगै नेपाल एक खेल अगावै समूह ‘ए’ बाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

प्रतिक्रिया