टी-२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ, भोलि अमेरिका जाँदै


काठमाडौं – टी- २० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरि विश्वकप खेल्ने क्रिकेट टोलीको बिदाइ गरिएको हो ।

नेपाली राष्ट्रिय टोली आइतबार अमेरिकातर्फ प्रस्थान गर्दै छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेपाली टोली आइतबार दुई चरणमा त्यसतर्फ जाने तालिका रहेको छ । नेपाली टिम आइतबार बिहान साढे २ बजे र दिउँसो गरी दुई चरणमा जाने क्यानले जानकारी दिएको छ ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टोली छनौट गरेको छ । टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया