चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा तामाङ पक्राउ


सुनसरी – चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ ।  इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय बिनोद तामाङको हत्या  अभियोगमा उमेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पट प्रहार गरी बिनोदको हत्या गरेको अभियोगमा  इटहरी-४ गैरीगाउँ बस्ने ३७ वर्षीय उमेश तामाङलाई   सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गैरीगाउँबाट मलामी आएका उमेश र धरानका ३० वर्षीय अनिल तामाङले चिर्पट प्रहार तथा कुटपिट गर्दा गम्भीर घाइते भएका बिनोदको बेदान्त हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न उमेशलाई पक्राउ गरेको हो ।  प्रहरीले हाल फरार अनिल तामाङको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया