लागू औषध मुद्दामा दोषी ठहरिएका एन्फा उपाध्यक्ष लामा पक्राउ


काठमाडौं – लागू औषध मुद्दामा दोषी ठहरिएर फरार सूचीमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागू औषध मुद्दामा पाटन उच्च अदालतबाट पाँच वर्षको कैद सजाय तोकिएपछि उनी फरार थिए ।

उनलाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको यो फैसलापछि पनि उनी कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेका थिए ।

लागुपदार्थ कारोबारमा उच्च अदालत पाटनबाट दोषी ठहर लामा कैद भुक्तान नभएर ‘फरार सूची’ मा थिए । लामालाई एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाले ‘सी’ डिभिजन क्बल संयोजक बनाएर भित्र्याएका थिए ।

उनी एन्फा छिर्नु ८ वर्षअघिबाटै फरार सूचीमा थिए । लामालाई २०६१ साउन ८ गते काठमाडौंको वनस्थली चोक नजिकबाट प्रहरीले ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । लामा सर्लाही घर भएर काठमाडौं बस्दै आएका थिए । अदालतको यो फैसलापछि उनी फरार भएको १६ वर्ष भइसकेको थियो।

प्रतिक्रिया